Skip to content
Tez Media and Events
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • अर्थ/बजार
  • खेलकुद
  • मनाेरञ्जन
  • सूचना प्रविधि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्य
    • पत्रपत्रिकाबाट
    • लोकप्रिय
    • ब्लग
    • अन्तर्वार्ता
    • धर्म संस्कृती

सार्वजनिक जग्गामा ‘बुद्धपार्क’

  • Home
  • सार्वजनिक जग्गामा ‘बुद्धपार्क’
कार्तिक ६, २०८१ admin
सार्वजनिक जग्गामा ‘बुद्धपार्क’

रामपुर (पाल्पा), ६ कात्तिकः
झाँडी र झारपातले भरिएको तीसमुरे चौर अहिले चिटिक्क बनेको छ । झाँडीले भरिएको चौरले पर्यटकीय रूप फेर्ला भन्ने कसैले पनि सोचेका थिएनन् । रामपुर नगरपालिका–६ स्थित तीसमुरे चौर (हालको बुद्धपार्क)लाई स्थानीयको सक्रियतामा अहिले पर्यटकीय क्षेत्रका रूपमा विकास गरेपछि पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । तीन वर्ष पहिला यहाँ देख्ने जोकोहीले पर्यटकीयस्थल बन्छ भन्ने कल्पना पनि गरेका थिएनन् । यहाँको सौन्दर्यकरण देखेर जोकोही पनि दङ्ग पर्छन् । तीसमुरे चौरलाई अहिले बुद्धपार्कका नामले नामकरण गरिएको छ ।
यहाँ बुद्धको मूर्ति स्थापना गरी बुद्धपार्कका नामले पर्यटकीय गन्तव्यस्थलका रुपमा यो क्षेत्र प्रख्यात बनेको छ । रामपुर–६ ले वडामा रहेका सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्दै त्यसको व्यवस्थापन र उपयोग गर्ने गरी कार्यक्रम सुरु गरेसँगै तीसमुरे चौर बुद्धपार्कमा परिणत भएको हो । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण बनेको छ । पक्की सडकले चारैतिर घेरेको यस पार्कको सुन्दर दृश्यले बाटो हिँड्ने यात्रुलाई लोभ्याइरहेको हुन्छ । पार्कभित्र विशाल बुद्धमूर्ति स्थापना, व्यवस्थित घेराबार, प्रवेशद्धार निर्माण, प्रतिक्षालय निर्माण, खुला व्यायामशाला तयार पारिएको छ ।
पार्कमा आन्तरिक पर्यटक आउनेजाने क्रम बढ्दै जाँदा व्यायाम गर्न व्यायामशाला निर्माण गरिएको हो । व्यायामशाला निर्माणपछि बिहानसाँझ व्यायाम गर्न जानेको उत्साहजनक उपस्थिति छ । आर्थिक वर्ष २०७७÷७८ मा वडा कार्यालयले चौरको सरकारी जग्गा छुट््याएर घुम्ती बाटो पक्की गरी कार्यक्रम सुरु गरिएको हो ।
चौरभित्र रहेको अव्यवस्थित बसोबासलाई व्यवस्थापन गरी आर्थिक वर्ष २०७८÷७९ मा रु दुई लाख ५० हजार बजेट विनियोजन गरी गौतम बुद्धको मूर्ति स्थापना गरेर पर्यटन पूर्वाधारका काम थालनी गरिएको हो । बुद्धमूर्ति स्थापना गरी अभियान सुरु गरेपछि प्रदेश सरकारको आर्थिक सहयोगमा चौरको खाल्डोमा माटो भर्ने काम गरियो । अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था र समाजसेवी रामप्रसाद लम्सालको आर्थिक सहयोगमा पार्कभित्र दुईवटा प्रतिक्षालय निर्माण गरिएको छ ।
यस पार्कको सुन्दरतालाई बढाउन गत आवमा रामपुर नगरले कालीआँप–विजयपुर–बुद्धपार्क हुँदै तालपोखरा–तिलकपुर पुष्पमार्ग घोषणा गरी सौन्दर्य प्रदायक बिरुवा रोपण गरेपछि पार्कको सौन्दर्य अझ बढेको छ । गत आव लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालय भैरहवाबाट रु १० लाख बजेटमा घेराबार, प्रवेशद्धार, पार्कमा पैदलमार्ग र ज्येष्ठ नागरिक विश्रामस्थल प्रतिक्षालय निर्माण गरिएको छ । वडा कार्यालयको सहयोगमा गत वर्ष रु तीन लाख बजेटबाट खुला व्यायमशाला निर्माण गरिएको हो । चारैतिर पक्की सडकभित्र पर्ने करिब १३ रोपनी जग्गालाई व्यवस्थापनलाई गरी संरचना तयार पारेर बुद्धपार्कको पहिचान बनेको बुद्धपार्क निर्माण समितिका अध्यक्ष धर्मराज ढकाल बताउनुहुन्छ ।
पार्क क्षेत्रमा अमलाका बिरुवा लगाइएको छभने आउँदो वर्ष आँपका बिरुवा लगाउने तयारी रहेको उहाँले जानकारी दिनुभयो । यसलाई बालउद्यानका रूपमा विकास गर्ने योजना उहाँको छ ।खुला चौर, ठाउँलाई सदुपयोग गरी पर्यटकीय तथा धार्मिक क्षेत्रको विकासमा वडाले जोड दिएको बताउनुहुन्छ, रामपुर–६ का वडाध्यक्ष दिवाकर देवकोटा । व्यायाम गर्न, बुद्धमूर्ति दर्शन, पार्कमा घुमफिर गर्दै फोटो तथा भिडियो खिच्ने, टिकटक बनाउन आन्तरिक पर्यटक पुग्ने गर्दछन् । खुला सफा चौरमा बिहान साँझ आराम गर्न, साथीभाइ भेटघाटका लागि आन्तरिक पर्यटकलाई यो क्षेत्र गन्तव्यस्थल बनेको छ ।
धार्मिक तथा पर्यटन प्रवर्द्धनका लागि नगरभित्रका विभिन्न सार्वजनिकस्थलमा आवश्यक पर्ने संरचना निर्माण गर्ने कार्य गरिरहेको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले जानकारी दिनुभयो । पर्यटकीय तथा धार्मिक संरचना बनाउन थालेपछि सार्वजनिक जग्गाको राम्रो सदुपयोग भएको नगरप्रमुख थापाले बताउनुभयो । “रामपुर नगरलाई एउटा धार्मिक तथा पर्यटकीय हबका रूपमा विकास गर्दै गएका छौँ”, उहाँले भन्नुभयो, “भुगोलले मिलेको यो क्षेत्रमा ठाउँअनुसार आवश्यक पूर्वाधार निर्माण गरी पर्यटकीय क्षेत्र बनाउन नगर सरकारले जोड दिएर काम गरिरहेको छ, यसका लागि नगरपालिका कार्यालय तथा वडा कार्यालयबाट काम भइरहेका छन् ।”
Share News:
Search
Popular Posts

Related Posts

बाढी प्रभावित क्षेत्रमा फेरि खुले क्रसर
फाल्गुन ५, २०८१
सुरक्षा मापदण्ड उपेक्षा गर्दा दोहोरिँदै अप्रिय घटना
फाल्गुन ५, २०८१
किसिम किसिमका उद्घाटन शैली- कतै तामझाम, कतै उटपट्याङ
फाल्गुन ५, २०८१
तेज मिडिया एण्ड इभेन्ट्स प्रा.लि. द्वारा संचालित
    tezvoice.com
  • ठेगानाः Nagarjuna-6, Kathmandu, Nepal
  • इमेल: tezmediaandevents@gmail.com
  • सम्पर्क नम्बर : 977-9855023523 / 9802923523
  • सूचना तथा प्रसारण विभाग
  • दर्ता नं. ४६४४-२०८१/२०८२
गृहपृष्ठ
  • समाचार
  • लोकप्रिय
  • सम्बन्धित खवर
लिङ्कहरू
  • Home
सोसल मिडिया

© 2024 Tej Media & Events All rights reserved Powered by : webcreationnepal Terms of Usage | Privacy Policy