Skip to content
Tez Media and Events
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • अर्थ/बजार
  • खेलकुद
  • मनाेरञ्जन
  • सूचना प्रविधि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्य
    • पत्रपत्रिकाबाट
    • लोकप्रिय
    • ब्लग
    • अन्तर्वार्ता
    • धर्म संस्कृती

तम्घास–रिडी, रुद्रबेणी–वामीटक्सार र कालीगण्डकी करिडोर अवरुद्ध

  • Home
  • तम्घास–रिडी, रुद्रबेणी–वामीटक्सार र कालीगण्डकी करिडोर अवरुद्ध
अशोज १२, २०८१ admin
तम्घास–रिडी, रुद्रबेणी–वामीटक्सार र कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी, १२ असोजः अविरल वर्षाका कारण तम्घास–रिडी र रिडी–रुद्रबेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । तम्घास–रिडी सडकखण्डअन्तर्गत रेसुङ्गा नगरपालिका–११ उर्लेनी, गुल्मीदरबार गाउँपालिका–४ को वीरबास र छत्रकोट गाउँपालिका–३ को लुम्छामा सडकमाथिबाट पहिरो खसेपछि गएरातिदेखि सडक अवरुद्ध बनेको हो ।
त्यसैगरी रिडी–रुद्रबेणी–वामीटक्सार सडकखण्डमा पर्ने सत्यवती गाउँपालिका–६ स्थित डहरेखोलामा जलसतह बढेको र चन्द्रकोट गाउँपालिका–८ को मजुवा बजार नजिकै बाघ खोलामा सडकमाथिबाट पहिरो खसेपछि शुक्रबार बेलुकीदेखि सडकसमेत अवरुद्ध बनेको हो ।
साथै कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाटमा सडकमाथिबाट पहिरो खसेपछि गएरातिदेखि सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएपछि सदरमुकाम तम्घास, वामीटक्सार र कालीगण्डकीको पूर्तिघाटदेखि पाल्पा, बुटवल र काठमाडौँसम्म छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । हाल सडक सञ्चालनका लागि पहल भइरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
Share News:
Search
Popular Posts

Related Posts

बाढी प्रभावित क्षेत्रमा फेरि खुले क्रसर
फाल्गुन ५, २०८१
सुरक्षा मापदण्ड उपेक्षा गर्दा दोहोरिँदै अप्रिय घटना
फाल्गुन ५, २०८१
किसिम किसिमका उद्घाटन शैली- कतै तामझाम, कतै उटपट्याङ
फाल्गुन ५, २०८१
तेज मिडिया एण्ड इभेन्ट्स प्रा.लि. द्वारा संचालित
    tezvoice.com
  • ठेगानाः Nagarjuna-6, Kathmandu, Nepal
  • इमेल: tezmediaandevents@gmail.com
  • सम्पर्क नम्बर : 977-9855023523 / 9802923523
  • सूचना तथा प्रसारण विभाग
  • दर्ता नं. ४६४४-२०८१/२०८२
गृहपृष्ठ
  • समाचार
  • लोकप्रिय
  • सम्बन्धित खवर
लिङ्कहरू
  • Home
सोसल मिडिया

© 2024 Tej Media & Events All rights reserved Powered by : webcreationnepal Terms of Usage | Privacy Policy