Skip to content
Tez Media and Events
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • अर्थ/बजार
  • खेलकुद
  • मनाेरञ्जन
  • सूचना प्रविधि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्य
    • पत्रपत्रिकाबाट
    • लोकप्रिय
    • ब्लग
    • अन्तर्वार्ता
    • धर्म संस्कृती

‘ज्ञानेश्वरको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र महानगरकै उत्कृष्ट’

  • Home
  • ‘ज्ञानेश्वरको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र महानगरकै उत्कृष्ट’
भदौ २८, २०८१ admin
‘ज्ञानेश्वरको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र महानगरकै उत्कृष्ट’

काठमाडौँ, २८ भदौः काठमाडौँ महानगरपालिका–३० स्थित ज्ञानेश्वरमा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र ३२ वटै वडामध्येको उत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा स्थापित भएको छ । केन्द्र २०७८ साल चैत १ गतेदेखि सञ्चालनमा आएको हो । महानगरपालिकासँगको सम्झौतामा मानव स्वास्थ्य नामक सामाजिक संस्थाले सञ्चालनमा ल्याएको केन्द्र गत साउन १ गतेदेखि महानगरपालिकाले नै व्यवस्थापन गर्न थालेको छ । महानगरपालिकाका ३२ वटै वडामा सञ्चालनमा रहेका केन्द्रमध्ये उत्कृष्ट सेवा प्रदान गरेकाले महानगरले नै व्यवस्थापन गर्न थालेको निमित्त इञ्चार्ज गीताकुमारी साउदले राससलाई जानकारी दिनुभयो । महानगरले ३२ वटै वडाका केन्द्रलाई यस्तै स्वरुपमा चलाउन चाहेको छ । स्थानीयवासी करिष्मा कुँवर केन्द्रले राम्रो सेवा दिएकाले सामान्य उपचारका लागि अन्य अस्पतालसम्म पुग्नुपर्ने अवस्था नरहेको बताउनुहुन्छ ।
ससुराको गोडाको शल्यक्रियापछि आएको घाउ केन्द्रमै ठीक भएकाले अन्य अस्पताल जानु नपरेको उहाँले सुनाउनुभयो । केन्द्रमा राम्रो ड्रेसिङको व्यवस्था भएकाले टोल छिमेकमै उपचार पाउँदा स्थानीयवासी हर्षित बनेका छन् । केन्द्रमा समय–समयमा महिलाका लागि पाठेघरको जाँचका लागि शिविरको आयोजना हुने गरेको छ । यसले धेरै महिलामा क्यान्सर छ कि छैन भन्ने थाहा पाउन सजिलो भएको छ । यसैगरी पुरुषको प्रोस्टेट क्यान्सरको पनि परीक्षण हुने गरेको छ । केन्द्रमा डेङ्गीको पनि निःशुल्क परीक्षण हुने गरेको छ । केन्द्रमा ९८ प्रकारका औषधि निःशुल्क वितरण हुन्छ । अन्य औषधिमा भने २५ प्रतिशत सहुलियतमा बिक्री हुने गरेको छ । वडा सदस्य इन्दिरा श्रेष्ठ सिंह स्वास्थ्यका लागि महानगरका अन्य वडाका केन्द्रभन्दा राम्रो भएकैले महानगर प्रमुख बालेन्द्र शाहले अनुगमन गरी व्यवस्थापन लिने निर्णय गरेको जानकारी दिनुभयो ।
काठमाडौँ क्षेत्र नं ४ का सांसद गगनकुमार थापाको सक्रियतामा केन्द्र स्थापना गरिएको हो । थापाले स्वास्थ्यमन्त्री हुँदा केन्द्र स्थापना गर्ने निर्णय गर्नुभएको थियो । स्थापना हुनुअघि नै उहाँ मन्त्री पदबाट हटेपछि केन्द्र अलपत्र बनेको थियो । त्यसैकारण महानगरपालिकासँग सम्झौता गरेर मानव स्वास्थ्य नामक सामाजिक संस्थाले यसलाई सञ्चालनमा ल्याएको थियो । अहिले ३२ वडामध्येको उत्कृष्ट केन्द्रका रूपमा स्थापित भएपछि भने महानगरले व्यवस्थापन लिएको हो । केन्द्रमा एमडीजिपी चिकित्सकसहित १३ जनाको दरबन्दी रहेको पनि उहाँले सुनाउनुभयो । महानगरपालिकाले व्यवस्थापन गर्न थालेपछि भने केन्द्रमा ११ जनाको दरबन्दी कायम गरिने स्वास्थ्य सेवा विभागका प्रमुख दीपककुमार केसीले केन्द्रको अनुगमनका क्रममा बताउनुभएको छ । केही समयमा कर्मचारीको व्यवस्थापन भइसक्ने महानगरपालिकाले जनाएको छ ।
मासिक रु एक लाख ५५ हजार भाडामा लिएको भवनमा केन्द्र सञ्चालन गर्नुपर्दा स्वास्थ्य सेवा दिन समस्या भएको लेखा एवं व्यवस्थापन अधिकृत सजना डङ्गोलले बताउनुभयो । स्वास्थ्य केन्द्र चलाउने प्रयोजनले निर्माण भएको भवन नभएकाले ज्येष्ठ नागरिकलाई माथिल्लो तलासम्म पुग्न अप्ठ्यारो हुने गरेको छ । भवनमा कोठाको अभाव भएकैले डे«सिङ, इसिजी, खोप सेवा, परिवार नियोजन सेवा र किशोरकिशोरी सेवा पनि एउटै कोठाबाट दिनुपरेको उहाँले सुनाउनुभयो । केन्द्रमा फिजियोथेरापी सेवा पनि उपलब्ध छ । विसं २०७८ चैत १ गतेदेखि मानव स्वास्थ्यको व्यवस्थापनमा चलेको केन्द्रमा २०७९ साल साउन १ गतेदेखि भने महानगरले दुईजना कर्मचारी पठाएको थियो । यस्ता केन्द्रमा ११ जना कर्मचारीको व्यवस्था गर्ने कानुन महानगरपालिकाले पारित गरी स्थानीय राजपत्रमा समेत प्रकाशन गरिसकेको छ । सामाजिक संस्था सञ्चालन गर्दा १३ जना कर्मचारीले सेवा दिएकाले अहिले पनि महानगरले त्यसलाई निरन्तरता दिएको छ । पहिलेदेखि काम गर्दै आएका सबै कर्मचारीलाई सेवामा निरन्तरता दिइरहने महानगरको प्रतिबद्धता छ । यहाँका केही कर्मचारीलाई भने महानगरका अन्य वडामा पनि पठाउन सकिने महानगरपालिको जनाएको छ ।
Share News:
Search
Popular Posts

Related Posts

बाढी प्रभावित क्षेत्रमा फेरि खुले क्रसर
फाल्गुन ५, २०८१
सुरक्षा मापदण्ड उपेक्षा गर्दा दोहोरिँदै अप्रिय घटना
फाल्गुन ५, २०८१
किसिम किसिमका उद्घाटन शैली- कतै तामझाम, कतै उटपट्याङ
फाल्गुन ५, २०८१
तेज मिडिया एण्ड इभेन्ट्स प्रा.लि. द्वारा संचालित
    tezvoice.com
  • ठेगानाः Nagarjuna-6, Kathmandu, Nepal
  • इमेल: tezmediaandevents@gmail.com
  • सम्पर्क नम्बर : 977-9855023523 / 9802923523
  • सूचना तथा प्रसारण विभाग
  • दर्ता नं. ४६४४-२०८१/२०८२
गृहपृष्ठ
  • समाचार
  • लोकप्रिय
  • सम्बन्धित खवर
लिङ्कहरू
  • Home
सोसल मिडिया

© 2024 Tej Media & Events All rights reserved Powered by : webcreationnepal Terms of Usage | Privacy Policy